
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी सँघ (नेविसँघ) सिटिईभिटी मधेश प्रदेशका सँयोजक ईन्द्रजीत गोईतले मधेश प्रदेशको सिटिईभिटी कार्यालयमा तालाबन्दीको चेतावनी दिएका छन् ।
मेडिकल ईन्सिटीच्युट लाहानको नर्सिङ्ग कार्यक्रममा वर्गिकृत छात्रवृतीमा खाली भएको सिटमा भर्ना निर्देशिका अनुसार अर्को बैकल्पिक विद्यार्थीहरुलाई समेत सिफारिस गर्नुपर्ने माग राख्दै उनले तालाबन्दीको चेतावनी दिएको हो ।
प्रवेश परिक्षा २०७९ बाट सिफारिस भई विभिन्न शिक्षालयमा नियम पुर्वक भर्ना भएको विद्यार्थीहरुको नाम सार्वजानिक गर्नुपर्ने सहितका पाँच सुत्रिय मांग उनीहरुले गरेको छ ।
सिटिईभिटी मधेश प्रदेशका प्रमुख नागेन्द्र साहलाई मँगलबार ज्ञापन पत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विभिन्न मांग राख्दै मांग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी दिएको छ ।
संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिले एक प्रेश बिज्ञप्ती जारी गर्दै विभिन्न पाँच सुत्रिय मांग गरेको छ ।
माग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक गोइतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
जनकनन्दिनी गाउँपालिकाभित्र आजदेखि महिला नर्तक वा ओरकेष्ट्रा नचाउन नपाउनेः अध्यक्ष यादव
- २०७९ मङ्सिर १४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गाउँपालिकाभित्र ओरकेष्ट्रा नचाउन नपाउने बोल्ड निर्णय लिएका छन् । बर्षौदेखि धनुषाका प्रशासनले समेत प्रतिबन्ध गरेको महिला नर्तक, उच्छृँगल नृत्य,
पूरा पढ्नुहोस्