जनताको लागि 'करो या मरो' को मनस्थिति हुनुपर्छः डा. सिके राउत 

२०७९ मङ्सिर १७ शनिबार
बेलुकी ५:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देशमा जनभावना बमोजिमको विकासको लागि “करो या मरो” को मनस्थिति हुनुपर्ने जिकिर गरेका छन् । 

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सदस्यमा समेत निर्वाचित भएका डा. राउतले पदमा गईसकेपछि कार्यवधीभर काम गर्न सकिएनन भनेर जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै जनताको लाडि “डु ओर डाई” अर्थात “करो या मरो” (गर या मर) को मनस्थिति लिएर काम गर्नुपर्ने बताएका छन् । 

समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताउँदै उनले जनताको अपेक्षा अनुसार करो या मरोको मनस्थितिमा काम गर्नुपर्ने अवस्था सृजना भएको बताए । 

शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।

‘कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ?’ उनले भने, ‘अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुपर्छ, हाम्रो पनि मनस्थिति डू एण्ड डाईको हुनुपर्दछ ।’

एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ । अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटक पटक दोहोर्‍याए ।

  • 1%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ मङ्सिर १७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus