डिजे आतंक रोक्न अझै असक्षम र असफल धनुषा प्रहरी 

मुटुरोगी, बालबालिका, गर्भवति महिलाको लागि डिजेको चर्को साउण्ड जहरको रुपमा साबित हुँदै गएको छ । 

२०७९ माघ १० मंगलबार
बिहान ०९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामसहित धनुषाको ग्रामिण भेकमा मच्चिएको डिजे आतंक रोक्न अझै धनुषा प्रहरी असक्षम र असफल देखिएको छ । 

चर्को आवाजमा घन्काउने डिजेको कारण धनुषामा मात्र दर्जन बढीको मृत्यू भईसकेको अवस्थामा पनि धनुषामा डिजे आतंक अझै नियन्त्रण हुन सकेको छैनन् । 

धनुषाका तत्कालिन एसपी बसन्त रजौरेले डिजे आतंकमा केही हदसम्म नियन्त्रण ल्याएपनि अहिले बिहेबारीको समयमा डिजे आतंकले आम नागरिकको दैनिकीमा प्रत्यक्ष असर पारिरहेको छ । 

धनुषा जिल्ला प्रशासन कार्यालयले चर्को साउण्डमा डिजे बजाउन नपाउने, हर्न राती ९ बजेसम्म मात्र धिमी आवाजमा बजाउन पाउने, अश्लिल फोहोर गीत बजाउन नपाउने निर्णय कैयौँ पटक गरेपनि त्यो लागू हुन अझै सकेको छैनन् । जनकपुरधाममा डिजे आतंक नियन्त्रण भएपनि ग्रामिण भेकमा पनि यसको आतंकले आम नागरिक सुत्न पाउने अवस्था छैनन् । 

धनुषामा नयाँ एसपी भएर आएका विश्व खडकाले नेपाल–भारत बोर्डरमा आंशिक नियन्त्रण पाएपनि डिजे आतंकमा अझै नियन्त्रण पाउन सकेका छैनन् । डिजेमा बज्ने अश्लिल गीत, चर्को स्वरले बालबालिकाहरुमा समेक्ष गम्भिर असर पर्दै गएको स्थानीय वुद्धिजीवीहरु बताउँछन् । 

नियम विपरित डिजे बजाउनेलाई डिजे नियन्त्रणमा लिएर कारवाही थालिए मात्र नियन्त्रण हुन सक्ने स्थानीयहरु बताउँछन् । 

यस सन्दर्भमा धनुषाका एसपी खडकाले डिजे आतंकबारे अन्य गुनासोहरु आएको बताउँदै नियन्त्रणको लागि प्रयासरत रहेको बताए । 

मुटुरोगी, बालबालिका, गर्भवति महिलाको लागि डिजेको चर्को साउण्ड जहरको रुपमा साबित हुँदै गएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७९ माघ १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus