अपहरण मुद्दामा ९ बर्ष जेल सजाय पाएका महरा र यादव पक्राउ 

२०७९ माघ ११ बुधबार
बेलुकी ५:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अपहरण र शरिरबन्धक मुद्दामा ९ बर्ष जेल तथा ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएका धनुषाको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट ५० हजार रुपैयाँ जरिवाना र ९ बर्ष कैद सजाय पाएका धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिनेका बर्ष ३६ को शिव कुमार महरा र सोही स्थान बस्ने नागेश्वर यादवलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई अदालतले फैसला सुनाए लगत्तै फरार रहँदै आएका थिए भने गाउँमा घुमफिर गरिरहेका थिए । प्रहरीको फरार सूचिमा रहेका दुवै जनालाई प्रहरीले बुधबार पक्राउ गरी अदालत चढाएको हो । 

ईलाका प्रहरी कार्यालय यदुकूहबाट खटि गएको प्रहरीको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । एक जनालाई उनकै गाउँबाट तथा अर्कालाई शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट पक्राउ गरेको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७९ माघ ११ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus