एनएमबी बैँक जनकपुरद्धारा जिल्ला प्रहरीलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट 

२०७९ माघ ११ बुधबार
बेलुकी ५:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषालाई एनएमबी बैँक जनकपुर शाखाले १०० वटा फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । 

ड्युटीमा खटिने प्रहरीलाई लगाउनको लागि एनएमबी बैँकले १०० थान ज्याकेट प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीलाई एनएमबी बैँक जनकपुर शाखाका प्रतिनीधिले सो ज्याकेट हस्तान्तरण गरेका हुन् । 

ड्युटीको समयमा पहिचान हेतु प्रहरीले लगाउने फ्लोरोसेन्ट ज्याकेको लागि बैँकको केन्द्रीय कार्यालयलाई जनकपुर शाखाले अनुरोध गरेको थियो । सोही अनुरुप प्रहरीलाई सहयोगार्थ ज्याकेट प्रदान गरिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भायानेटले ल्यायो XGS फाइबर टेक्नोलोजीमा आधारित नेपालकै पहिलो 2 Gbps इन्टरनेट

  • २०७९ माघ ११ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ।

पूरा पढ्नुहोस्

Bureau Menus