
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त कृषि मन्त्री ईन्जिनीयर बसन्त कुश्वाहाले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ विद्यापति चोकस्थित रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
किसान आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी चर्चामा आएका मन्त्री कुशवाहाले जनमतको विद्रोहको क्रममा शहादत दिएका शहिद राममनोहर यादवसहितको शहिदहरुको तस्विर झुण्डयाएर कार्यालय प्रवेश गरेका हुन् ।
पदभार ग्रहणको क्रममा पत्रकारहरुसँग गरेको संक्षिप्त कुराकानीमा उनले मधेशका किसानहरुले चाहेको, आफूले उठाएको किसानको माग परिपूर्ति र सहजताको लागि एक क्रान्तीको सुरुवात हुने बताए ।
ज्ञातव्य छ, जनमत पार्टीबाट मेयर बनेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले किसान कार्ड (परिचयपत्र) समेत लागू गरिसकेको छ ।
- २०७९ माघ १३ शुक्रबार