आईतबार जनकनन्दिनीमा शोक विदा 

२०७९ माघ १३ शुक्रबार
बेलुकी ७:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एक शिक्षिकाको मृत्यू भएपछि धनुषाको जनकनन्दिनी गाउँपालिकाले एक दिने शोक विदाको घोषणा गरेको छ । 

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले शुक्रबार एक सूचना जारी गर्दै मावि खजुरी चन्हामा कार्यरत रहँदै आएकी शिक्षिका गुञ्जना शहगलको असमायिक मृत्यू भएको भन्दै एक दिन शोक विदा दिने निर्णय गरेको हो । 

मावि खजुरीमा कार्यरत रहँदै आएकी शहगलको मृत्यू भएको भन्दै गाउँपालिकाले आईतबार माघ १५ गते गाउँपालिकाभित्रको सबै सरकारी कार्यालय, स्कूल, कलेज, स्वास्थ्यचौकीहरु समेतमा विदाको निर्णय गरिएको हो । 

यता, एक शिक्षिकाको मृत्यूमा समग्र गाउँपालिकामै शोक विदा दिनु अनुचित रहेको भन्दै नागरिकहरुले कटाक्ष समेत गरेका छन । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ माघ १३ शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus