
न्यूज ब्यूरो, सिरहा । सिरहाको सदरमुकामस्थित रहेको सिरहा अस्पतालमा सेवा विस्तार गरिएको छ ।
सिरहा अस्पतालमा यसअघि ५० बेडको अस्पताल सँचालन हुँदै आएकोमा बेड सँख्या बढाएर ११५ पुरयाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।
अस्पतालको पूर्वाधारमा समेत स्तरोन्नति गरी अस्पतालमा आईसीयूको लागि ५ बेडको सेवा विस्तार गरिएको छ ।
यस्तै, डायलसिसको लागि १२ बेड, एनआईसियू ७ बेड र पिआईसीयू ८ बेडको सँचालनमा ल्याएको मेसु यादवले जानकारी दिए ।
मधेश प्रदेशकै ८ वटै जिल्लाको कुनै पनि अस्पतालमा नभएको डिआर–एक्सरे सुविधा मात्र सिरहा अस्पतालमा सँचालनमा ल्याइएको छ । मेसु यादवका अनुसार, मधेश प्रदेशको सिरहा अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालमा यो सुविधा नरहेको बताए ।
मेसु यादवले विस्तारै सेवा विस्तारसँगै मधेश प्रदेशमै नमुना समुदायिक अस्पतालको रुपमा विस्तार गरिने दाबी गरे । उनले यो अस्पताललाई नमुना अस्पताल बनाउने बताए ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०७९ माघ १३ शुक्रबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्