सर्वसाधारणको भेषमा मुख्यमन्त्री यादवको छडके

२०७९ चैत १५ बुधबार
बेलुकी ५:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छडके गरेका छन् । 

मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरे । अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।  

 उनले सर्वसाधारणको भेष बनाएर बिना सुरक्षा अस्पतालको छडके गरेका छन् । अस्पतालमा अनियमितता, विरामीलाई झन पीडा, डाक्टरहरुको लापरवाही, ल्याबको लापरवाहीको गुनासो बढेपछि उनले सर्वसाधारणको भेष बनाएर छडके गरेका हुन् । 

अस्पतालको विभिन्न वार्डमा पुगेर मुख्यमन्त्री यादवले अस्पतालको मुवायना गरे । विभिन्न समयमा सँचारमाध्यमहरुका जनकपुर प्रादेशिक अस्पताल (पुरानो अँचल अस्पताल) मा कर्मचारीहरुको चरम लापरवाही बढेको जनगुनासो बढेपछि मुख्यमन्त्री यादव आफैँ छडके गरेका हुन् । 

सो क्रममा उनले विरामीहरुसँग अवस्था, अस्पतालको सेवासुविधाको बारेमा जानकारी लिएका थिए । मुख्यमन्त्रीको यो कार्यलाई समाजिक सँजालमा प्रशँसा गरिएको छ । 

  • 0%
  • 22%
  • 0%
  • 4%
  • 0%
  • 0%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०७९ चैत १५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus