१ महिनाभित्र नागरिकता विद्येयक टुँगो लाग्छः प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ४ बिहीबार
रति ८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताएको हो । 

उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर ‘होल्ड’ भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उहाँले त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।

उनले भने , ‘नागरिकता विधेयकबारे छलफल चलेको छ । प्रधानमन्त्रीको हैसियतले मेरो के कोसिस छ भने एक महिनाभित्रै यसको टुङ्गो लाग्छ ।’

प्रधानमन्त्रीले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको पनि बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०८० जेठ ४ बिहीबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus