
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट उत्पादित हुने आरती धारा नामक पानीको बोतलमा झिँगा फेला परेको छ । स्वास्थ्यको मामिलामा संवेदनशिल मानिने पानीको बोतलमा झिँगा फेला परेको हो ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरबाट प्याकिँग हुने गरेको आरती धारा नामक पानीको बोतल गुणस्तरीयहिन पानी बेच्ने गरेको छ । बोतलमा चापाकलको पानी हालेर बेच्ने गरेको आरोप छ ।
धनुषाको सबैलाको भठिहनको एक पसलमा बेच्नको लागि दिएको पानीको बोतलमा झिँगा फेला परेको हो । स्वास्थ्यको लागि हानिकारक किरा मानिएको झिँगा पानीको बोतलमा भेटेपछि बिना प्यूरिफाई गरी पानी मूल्य लिएर बेच्ने गरेको आरोप लगाइएको छ ।
घरेलु उद्योग वा फुड सेफ्टी डिपार्टमेन्टले अनुगमन नगर्दा गुणस्तरीयहिन पानी विक्री वितरण गर्दै आएको छ । आरती धाराले उत्पादन गर्ने बोत्तलमा कुनै मितिसिति समेत लगाइएको देखिदैनन् ।
धनुषाको भठिहनमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा झिंगा भेटिएको छ । आरती धारा धनुषाधाम(७ किसानपुरले उत्पादन गर्दै आएको पानीको बोतलमा झिंगा भेटिएको हो ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८० जेठ ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्