
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले २० लाख रुपैयाँसहित हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । जनकपुरमा हुण्डीको कारोबार गर्दै आएका एक युवकलाई २० लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
सोमबार विहान करिब ९ बजेको समयमा विशेष सूचनाको आधारमा भारतको बिहार राज्यको सितामढी ग्राम पँचायत मनपुर बस्ने हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डेरा लिएर बस्दै आएका अन्दाजी बर्ष २५ का रन्धिर ठाकुरलाई पक्राउ गरिएको हो ।
ठाकुरलाई चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको नेपाली २० लाख रुपैयाँ नगद फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठाकुरलाई उक्त रूपैया सहित नियन्त्रणमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मोसासहित एक चोर पक्राउ
सोही क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले एक चोरीको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ । आईतबार राती करिब १२ बजेको समयमा जनकपुरधाम १२ हनुमानगरबाट चोरी भएको मोटरसाईकल सहित एक युवकलाई पक्राउ गरिएको हो ।
हनुमाननगरबाट प्रदेश २–०२–००४ प. १३४४ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको भन्ने सुचना प्राप्त हुन साथ उक्त नम्बरको मोटरसाईकल खोज तलाश गर्ने क्रममा सोमबार बिहान ०६ः३० बजेको समयमा पक्राउ गरिएको हो ।
जनकपुर–जटही सडक अन्तरगत सिक्सलेन बाटोमा जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. २१ कुर्था वस्ने उमेश दासले डोर्यानउँदै लगिरहेको अवस्थामा फेला पारि दासलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
जनकपुरमा 'मिटरब्याज साहुहरु' ले गरे प्रहरी प्रशासन विरुद्ध नाराबाजी
- २०८० जेठ ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रशासनले मिटरब्याजीहरुलाई कानुनी दायरमा ल्याउन थालेपछि मिटरब्याज साहुहरुले समेत प्रशासनको विरुद्धमा आन्दोलन थालेको छ । विभिन्न गाउँबाट आएका साहुहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् । विहिबार
पूरा पढ्नुहोस्