भारतसँगको खुल्ला सीमाले मानव बेचबिखनको जोखिम बढदैछ : सिडिओ दाहाल

२०८० जेठ ८ सोमबार
रति ९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले भारतसँगको खुल्ला सीमाको कारण मानव बेचबिखनका घटनाहरु बढद गएको बताएका छन् । 

सोमबार विहान माईती नेपाल नामक सँस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिडिओ दाहालले मानव बेचबिखन रोक्नको लागि धनुषा प्रशासन, प्रहरीले समेत चनाखो भएपनि खुल्ला सीमाको कारण कठिनाई उत्पन्न गरेको बताएका छन् । 

यसअघि देखि नै भारतको विभिन्न प्रान्तमा नेपाली चेलीहरु बेचिएकोप्रति ध्यानाकर्षण गराउँदै सिडिओ दाहालले खुल्ला सीमाले समस्या भएको बताए । उनले शोषणको कारण समेत यस्तो घटनाहरु बढदै गएको बताए । 

उनले माईती नेपाल जस्ता सँस्थाको निरन्तर प्रयासले नेपाली चेलिबेटी बेचबिखनमा नियन्त्रण गरेकोप्रति प्रशँसा व्यक्त गरे । माईती नेपाल धनुषाको कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै उनले माइती नेपालसँग धनुषा प्रशासन, पत्रकार, अधिकारकर्मीहरुले समेत सहकार्य गर्नुपर्ने बताए । 

सीमा सुरक्षा, स्थानीय सरकार र स्थानीय प्रशासनबीच सहकार्यको लागि राखिएको कार्यक्रममा सिडिओ दाहालले मानव तस्करी रोक्नको लागि सबैले आ–आफ्नो पक्षबाट सहयोग गर्नुपर्ने धारणा राखे । 

मानव तस्करी रोक्नको लागि प्रशासनसहित बोर्डरमा खटेका सुरक्षा निकाय, सुराकी, सादा पोशाकका प्रहरी, भारतीय तर्फका सुरक्षाकर्मीले समेत सहकार्यको अपेक्षा राखिएको माइती नेपाल धनुषाका पुरुषोत्तम यादवले जानकारी दिए । 

कार्यक्रममा पत्रकार, अधिकारकर्मी, प्रशासनीक निकायका पदाधिकारी, सरोकारबालाहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा धनुषाका प्रहरी प्रवक्ता डिएसपी बेद प्रसाद गौत्तमले सहजीकरण गरेका थिए । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयोः नेता कोइराला

  • २०८० जेठ ८ सोमबार

न्यूज ब्यूरो, काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्। दण्डहिनतालाई प्रश्रय

पूरा पढ्नुहोस्

Bureau Menus