जातीय पहिचान बचाउन नेपाल रजक सेवा समाजको भेटघाट

२०८० जेठ ९ मंगलबार
बिहान ०८:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो जनकपुरधाम । धोबी जातीको पहिचान र अस्तित्व बचाउन सरोकारबालाहरुको सँयुक्त बैठक सम्पन्न भएको छ । 

जनकपुरमा नेपाल रजक सेवा समाज र विश्व रजक महासँघको सँयुक्त बैठक बसी जातीय अस्तित्व र पहिचानको लागि अग्रसर हुनुपर्ने आवश्यकता औल्याइएको छ । 

छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट आएका विश्व रजक महासंघको वरिष्ठ जातीय अगुवा तथा अभियन्ताहरुले गत शनिबार जनकपुरमा जातीय पहिचानको लागि आवाज बुलँद गरेका थिए ।

रजक सेवा समाजका समाजसेवी एवम् विद्धान डा. वीरवंश बैठाको विशेष पहलमा  नेपाल रजक सेवा समाज र विश्व रजक महासंघको अन्तरक्रिया तथा मेलमिलाप ( भाइचारा) कार्यक्रम गरी जातीय एकताको मुद्दा उठान गरिएको हो । 

कार्यक्रममा सहभागी भारतीय विशिष्ट पाहुनाहरु तथा नेपाल रजक सेवा समाजको विशिष्ट समाजसेवीहरुले जातीय एकता , सद्भाव, जाती उत्थान, पहिचान तथा धोबी जातिको ईतिहास प्रति आ–आफ्नो मन्तब्य राखेका थिए। धोबी जातीको अन्तर्राष्ट्रिय स्तरको  धोबी जात भएकोले आफ्नो अस्तित्व र पहिचानको लागि अन्तर्राष्ट्रिय स्तरमा संगठित भर्इ हक अधिकारको लागि संघर्ष गर्नुपर्ने समाजसेवी हरुले विशेष जोड दिएका थिए। 

साथै समाजमा विभिन्न प्ररकार का समाजिक घटना परिघटना सामाजिक विकृती विसंगती , सामाजिक भेदभाव सामाजिक कुप्रथा, मृत्युभोज, दाइजोप्रथा, अशिक्षा तथा बेरोजगार न्यूनीकरण हुनुपर्नेमा विषेश जोड दिएका थिए। नेपाल रजक सेवा समाज द्वारा विश्व रजक महासंघ लाई उपहार स्वरुप जानकी मंदिरको तस्वीर प्रदान गरि विशेष सम्मान प्रदान गरेका थिए। 

शैक्षिक पेशाबाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइ विभिन्न देशमा सम्मानित  बिद्वान डा. बिरबंश बैठाले समेत सभालाइ सम्बोधन गरेका थिए। सभा  अध्यक्ष समाजसेवी रामवरण साफीद्वारा सभा समापनको घोषणा गरेका थिए।

  • 85%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सर्लाहीको चन्द्रनगरमा कमिशनको भागबण्डा नमिलेपछि कार्यपालिका सदस्यहरुले रोके शिक्षक भर्ना 

  • २०८० जेठ ९ मंगलबार

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्वयम् सेवक शिक्षक भर्ना प्रक्रिया अन्योलमा परेको छ । स्वयम् सेवक शिक्षक भर्नाको लागि २०७९।१२।१६ गते कान्तिपुर पत्रिकामा सूूचना प्रकाशित भएको थियो । गाउँपालिकाका

पूरा पढ्नुहोस्

Bureau Menus