
न्यूज ब्यूरो, राजविराज । भारतिय दुताबासको सहयोग र नेपाल भारत महिला मैत्री समाजको संयोजनमा सप्तरी तिरहुत गापाका करिव दुई सय पचहत्तर दलित घर परिवारलाई एल पि जि ग्यांस सिलिन्डर सेट वितरण गरेका छन ।
शनिबार आयोजित एक कार्यक्रमका बिच सो गाउँपालिकाका गरिव, दलित, आर्थिक अवस्था कमजोर भएका परिवारलाई बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका सांसद समेत रहुनु भएकी तथा नेपाल भारत महिला मैत्री समाजको अध्यक्ष चन्दा चौधरीले नेपाल र भारत पुरनो मित्र देश भएको हुनाले नेपालका आम जनताको दुख सुखमा सधैं साथ रहेको हुनाले सहयोगको लागि भारत सरकारलाई धन्यबाद ब्यक्त गरिन ।
उनले भनिन, “हाम्रो भारत संग बिशेष संबन्ध छ, नेपालका हरेक दुख सुखमा साथ उभिन्छ । भारतिय जनताको एक एक पैसा जोडेर हामीलाई उपहार स्वरुप अहिले ग्यास सिलिन्डर सेट पठाएका छन । यसका लागि हामी सबैले भारत सरकार र भारतिय दूतावासलाई धन्यवाद दिनु पर्छ ।”
अगाडि उनले भने, ञमधेशका महिलाहरुको धेरै समस्या रहेको छ, महिलाहरुको लागि धेरै काम गर्न बांकी छ । म महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आएको छु । महिलालाई शिक्षा, रोजगार, शिपमुलक तालिम, उधमशिल र आत्मनिर्भर बनाउनु जरुरी रहेको छ ।”
प्रमुख आतिथ्य, विशिष्ट अथिती भारतिय दूतावास बिरगंजका कन्सुलेट जेनरल श्री नितेश कुमारले भारत सरकार नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।
उनले भने, “हामी नेपाल सरकारका विभिन्न निकाय संग मिलेर सहयोग प्रदान गर्दै आएको छ । म पहिलो पटक यो गांउपालिका आउने अबसर प्राप्त गरेको गरेको छु, अगामी दिनमा आफ्नो तर्फबाट यस क्षेत्रमा सक्दो सहकार्य गर्ने छु ।”
कार्यक्रममा तिरहुत गाउँपालिका अध्यक्ष बिजय यादवले सहयोगका लागि भारत सरकार र संयोजनका लागि नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सांसद चन्दा चौधरीलाई धन्यवाद ब्यक्त गरे । अगामी दिनमा भारत सरकारले यस क्षेत्रको बिकासको लागि ठूलो अपेक्षा रहेको जिकिर गरे ।
सप्तरी जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले शान्ती सुरक्षाका लागि सदैव साथ रहेको बताउँदै कुनै समस्या परे २४ औं घन्टा सहयोग गर्न तयार रहेको बताए । उनले सांसद चौधरीलाई यस क्षेत्रका जनतालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका अध्यक्षता गरेका संस्थाका उपाध्यक्ष राधा देबि कायस्थले धन्यवाद ज्ञापन ब्यक्त गरे । कार्यक्रममा एक एक थान एलपिजी ग्यास सिलिन्डर, रेगुलेटर, पाइप, लाइटर बितरण गरेका थिए ।
मधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार
- २०८० जेठ २१ आइतबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार
पूरा पढ्नुहोस्