सर्लाहीको चन्द्रनगरमा कमिशनको भागबण्डा नमिलेपछि कार्यपालिका सदस्यहरुले रोके शिक्षक भर्ना 

२०८० जेठ २२ सोमबार
बेलुकी ७:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्वयम् सेवक शिक्षक भर्ना प्रक्रिया अन्योलमा परेको छ ।

स्वयम् सेवक शिक्षक भर्नाको लागि २०७९।१२।१६ गते कान्तिपुर पत्रिकामा सूूचना प्रकाशित भएको थियो । गाउँपालिकाका कर्मचारीहरुस्वयम् सेवक शिक्षक भर्नाको लागि आवश्यक पक्रृया पुरा गरेर परिक्षा लिने तयारीको अन्तिम चरणमा जनप्रतिनीधिहरुले रोकेपछि प्रक्रिया रोकिएको हो ।

सोको लागि गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो,वडा नंं.६ को वडा अध्यक्ष राम स्वरुप राउत, वडा नं.५ का वडा अध्यक्ष सुुर्यवंश राय, वडा नं. ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह दनुवार लगायत १२ जना कार्यपालिका सदस्हरुले गाउँपालिकामास्वयम् सेवक शिक्षक भर्ना नगर्न नगराउन लिखित निवेदन पेश गरेपछी शिक्षक भर्ना अन्योलमा परेको चन्द्र्रनगर गाउँपालिकाले जनाएको छ । 

शिक्षाको गुणस्तर बढाउन तथा विद्यालयहरुमा आवश्यक शिक्षक नयाँ शैक्षिक सत्र २०८० को बैशाख महिनामा ४४ जना स्वयमसेवक शिक्षक भर्ना गर्न पुरा तयारी हुुदाँ हुदैँ अचानक भर्ना पक्रृया रोकिएको गाउँपालिकाले जनाएको छ ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफुुले शिक्षक भर्ना पक्रृया निष्पक्ष गर्न खोज्दा उपाध्यक्ष सहित १२ जना कार्यपालिका सदस्यले बहुमतको दम्भ देखाएर भर्ना पक्रृया रोक्नुु दुुःखद भएको बताए । उनले बहुुमतको आडमा १२ जनै कार्यपालिका सदस्यले शिक्षक भर्नामा भाग बण्डा तथा आर्थिक खेल खेल्न खोजेको आरोप लगाए । आफुले निष्पक्ष शिक्षक भर्ना गर्न कर्मचारीहरुलाई निर्देशन दिएपछी १२ जनै कार्यपालिका सदस्यहरुको भागबण्डाको प्रस्ताव अस्विकार भएपछी प्रशासकीय अधिकृतलाई बहुमतको धाक धम्की देखाई शिक्षक भर्ना पक्रृया रोकेको अध्यक्ष महतोले बताए ।

शिक्षक भर्नाको लागि  मिति २०७९।८।२९ गते बसेको कार्यपालिका बैठक बाट स्वयमसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ पास गरिएको थियो  । स्वयमसेवक शिक्षक भर्नाका लागिलिखित, मौखिक र कक्षा अवलोकन बाट परिक्षा लिने तयारी हुुदाँ हुुदैँ स्वयमसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ पास गरेर पनि भागबण्डाको लागि त्यही कार्यपालिका सदस्यहरु मध्ये बाट १२ जना कार्यपालिका सदस्यले भर्ना पक्रृया रोकेको अध्यक्ष महतोले बताए । 

मा.वि. तथा निमावि पढने छात्र तथा छात्राहरुलाई किताब पढन र आफनो नाम लेख्न तथा गुुणा, भाग तथा अंग्रेजी समेत पढन आउँदैन शिक्षामा दक्ष जनशक्ती भर्ना गर्न खोज्दा कार्यापालिका सदस्यहरुले बहुुमतको दम्भ देखाएको अध्यक्ष महतोले बताए । 

चन्द्रनगरमा नेकपा माओवादी बाट निर्वाचित जनप्रतिनिधिहरुको एकल बहुुमत रहेको छ । वडा नंं. ५ मा लोसपा र वडा नं. ४ मा स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएको छ भने नेपाली कांग्रेस बाट गाउँपालिका अध्यक्ष र वडा नं. १ तथा २ मा वडा अध्यक्ष निर्वाचित छन । 

१२ जनाले जयेष्ठ २ गते प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर लिखित निवेदन दिएपछि शिक्षक भर्ना प्रक्रिया बन्द भएको गाउँपालिकाले जनाएको छ ।  निवेदनमा स्वयमसेवक शिक्षक,नगर प्रहरी लगायत अन्य करारका कर्मचारी भर्ना नगर्न उल्लेख छ । 

बिज्ञापन भएको दुुई महिना बिति सक्दा पनि प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा  आवेदन फारम भरेका प्रशिक्षार्थीहरु भने यतिबेला अन्यौलमा परेको छ । ईश्वरपुर नगरपालिका स्थित श्रीनगर बस्ने राजेश थापाले शिक्षक भर्ना नगरीकन आफुुहरुको तिरेको राजस्वको पैसा डुुब्ने अवस्था आएको गुनासो गरे । आफुले तिरेको पैसा फिर्ता नआए अदालत समेत जाने सक्ने थापाले बताए । 

जन्ता सँग गाउँपालिका अध्यक्ष अन्तर सम्वाद कार्यक्रममा चन्द्रनगर वडा नं. १ बस्ने लालबाबुु साहले चन्द्रनगरमा शिक्षाको अवस्था दयनिय भएको बताउनुुभयोे । साहले आफुुले ४ जना कक्षा ८ पढने विद्यार्थी लालबन्दी भर्ना गर्न जादाँ विद्यालयले कक्षा दुुईमा भर्ना गरेको गुुणासो गरेका गर्नुुभयो । चन्द्रनगरमा कक्षा ८ पढने विद्यार्थीलाई राम्ररी किताब पनि पढन नसकेको स्थानिय साहले दुखेसो पोखे । 

शिक्षक भर्ना पक्रृया बारेमा प्रमुुख प्रशासकीय अधिकृत मदन बहादुुर थिंग सँग बुुझन खोज्दा स्वयम् सेवक शिक्षक भर्नाको पक्रृयामा कार्यपालिका सदस्यहरुले निवेदन दिएपछी भर्ना पक्रिया अघि बढन नसकेको बताए । 

भर्ना पक्रृयाकै विषयमा शिक्षा शाखा प्रमुुख तथा शिक्षा अधिकृत कमला बस्नेत सँग बुुझदाँ आफुु १ महिनाको तालिममा गएको हुदाँ यो विषयमा प्रक्रियागत जानकारी नभएको बताए । 

शिक्षक भर्ना नहुुदाँ धेरै जस्तो सामुुदायिक विद्यालय बेला बेलामा बन्द हुने अवस्था पनि आएको छन भने अन्य विभिन्न विद्यालयमा शिक्षक अभाव हुुदाँ गुणस्तरीय शिक्षा बाट विद्यार्थीहरु बञ्चित भएको शिक्षा शाखामा कार्य गर्न थप जिम्मेवारी पाएका देन कुुमार महतोले जानकारी दिए । 

उहाँले २२ वटा सामुुदायिक विद्यालय तथा ६ वटा मदरसामा शिक्षक अभाव भएपछि विद्यालयमा पुरा घण्टी अध्यापन नहुुने गरेको हुुदाँ विद्यार्थीहरु पनि मारमा परेको बताए । महतोले आफुुले शिक्षक भर्ना पक्रृया अगाढी बढाउन चाहे पनि गाउँपालिकाको अधिकारिक कर्मचारीबाट निर्णय तथा निर्देशन नआएको हुदा शिक्षक भर्ना पक्रृया अगाढी बढन नसकेकोे बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० जेठ २२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus