११ करोडको लागतमा बन्दैछ भँगहा नगरपालिकाको आलिशान प्रशासनिक भवन

२०८० चैत ५ सोमबार
बिहान १०:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर ।  महोत्तरीको भँगहा नगरपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । 

भङ्गाहा नगरपालिका वडा नम्बर ५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिँ भण्डारी र नगरपालिकाका नगर प्रमुख सँजीव कुमार साहले सँयुक्त रुपमा शिलान्यास गरे । 

कूल रु १० करोड ९१ लाख ४२ हजार ६२३ को लागतमा प्रशासकीय भवन निर्माण गरिने नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले बताए । भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब दुई करोड रुपैयाँ मूल्य बराबरको जग्गा दान गरिएको हो ।

शिलान्यासपछि पूर्वमन्त्री भण्डारीले जग्गादाता फूलकुमारी र उनका पति अशेश्वर साहलाई दोसल्ला ओढाएर सम्मान गरे । 

हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो । यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराएको हो । नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहो¥याएको छ । नयाँ भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०८० चैत ५ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus