परिक्रमाको धार्मिक लस्कर आज जनकपुर आउँदै, भोली अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने

२०८० चैत ११ आइतबार
बिहान ०९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक तथा धार्मिक मिथिला परिक्रमामा सहभागी हजारौं साधु–सन्तहरु जनकपुरधाम आउन थालेका छन्। सोमबार जनकपुरमा अतरगृह परिक्रमासँगै १५ दिने मिथिला परिक्रमा समाप्त हुनेछ। 

मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह सहित तीनटा परिक्रमा हुने गर्छन्। मिथिला परिक्रमालाई विश्वकै लामो धार्मिक यात्राका रुपमा पनि लिइन्छ। 

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको थियो। 

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्छ। १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ।

परिक्रमामा सहभागीहरुका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। 

परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताँउछन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०८० चैत ११ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus