सर्लाहीमा एसइइ परीक्षालाई सिसिटिभीबाट निगरानी गरिनेः सिडिओ धमला

२०८० चैत १४ बुधबार
दिउसो ३:३४ बजे
राधेश्याम कुशवाहा

राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीमा चैत्र १५ गतेदेखि देशभर एकसाथ संचालन हुने माध्यमिक शिक्षा परीक्षा९एसइइ० मा १० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन । 

जिल्लाका २० वटै स्थानिय तहका ३८ वटा परीक्षा केन्द्र मार्फत १० हजार ८९६ जना विद्यार्थी सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । 

१०५ वटा सामुदायिक विद्यालयका ९ हजार ५६२ र  वटा संस्थागत विद्यालयबका एक हजार ३३४ जना विद्यार्थी सहभागी हुदै छन, प्राविधिक सहायक कुशवाहाले भने । १५८ जना ग्रेड बृद्वि परीक्षा सहभागि हुदै आएका छन ।  यो बर्ष हरिपुर नगरपालिका वार्ड १ स्थित पाँचकुमार लक्ष्मिणिया मावि हजारबिघामा पहिलो पटक नयाँ परीक्षा केन्द्र तोकिएका छन । 

गतबर्षको तुलनामा यो बर्ष करिब एक हजार परीक्षार्थी थप भएकाले नयाँ परीक्षा केन्द्र तोक्नु परेको प्राविधिक सहायक कुशवाहाको भनाई छ । 

 परीक्षा संचालनका लागि ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरिक्षक, १०३ जना परीक्षा सहायक र २२० जना कार्यालय सहयोगी समेत गरी एक हजार १६ जना जनशक्ति परिचालन गरिएको परीक्षा समन्वय समिति सर्लाहीले जनाएको छ ।

परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । जिल्लाका ३८ वटै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम समेत भइसेका छन, उनले भने । प्रश्नपत्र समेत परीक्षा केन्द्रका नजिकको ईलाका प्रहरी कार्यलयमा पुर्याउने काम भइसकेका छन । 

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा विकास समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षा ९एसईई०–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरूसँगको १ दिने अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसककेको उनको भनाई छ । 

परीक्षालाई मर्यादित र थप व्यवस्थित बनाउनका लागि ४६ बुंदे आचारसंहिता सहित निर्देशन जारी गरिएको परीक्षा समन्वय समिति सर्लाहीका प्रमुख तथा प्रजिअ कोमल धमलाले बताए ।  

परीक्षालाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि हामी पूर्ण रुपमा प्रतिबद छौं र त्यस्तै हामीले व्यवस्था गरेका छौं, प्रजिअ धमलाले भने । 

परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं। सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको उनको भनाई छ । 

परीक्षाको सवालमा शून्य सहनशिलता लागु गरि परीक्षालाई अमर्यादित बनाउने जो कोहीलाई कडा कार्वाही गरिने बताउदै अर्मादित बनाउने क्षाम नहुनेमा फेरी उनले जिकिर गरे ।

  • 15%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०८० चैत १४ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus