जनकपुरमा मेयर कप टी–२० क्रिकेट हुँदै, जित्नेलाई अढाई लाख रुपैयाँ पुरस्कार

२०८० चैत १६ शुक्रबार
बिहान ०९:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरमा भोली शनिबारदेखि मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको ८ वटै जिल्लाका खेलाडीहरुले भाग लिने भएको छ।

जनकपुरधामको निर्माणाधिन रामजानकी बहुउद्देश्यीय रंगशालामा हुने मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाको सहभागिता रहने र प्रतियोगिताको सबै तयारी पुरा भएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा हुन लागेको प्रतियोगिता दुई समूहमा टीमलाई विभाजित गरेर खेलाइने भएको छ । क समूह धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्ला रहेका छन् भने ख समूहमा सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्ला रहेका छन् ।

गत वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाले वार्षिक कार्यक्रममा नै बजेट समावेश गरेर प्रतियोगिताको आयोजना गर्दे आएको छ । प्रतियोगितामा विजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सो प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याज हुनेलाई नगदसहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट ब्याटिंग गर्ने व्याट्स म्यान तथा सर्वोत्कृष्ट बलिङ गर्ने बलरलाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उद्घाटन गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०८० चैत १६ शुक्रबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus