नेपाली विषयको प्रश्नपत्र आउट गर्ने परीक्षार्थी पक्राउ, एक बर्षको लागि निष्कासित

२०८० चैत १६ शुक्रबार
दिउसो १:१९ बजे
न्यूज ब्यूरो, डेस्क

सबिन यादव, सिरहा । सिरहाको एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गत नेपाली विषयको प्रश्नपत्र आउट गरेको आरोपमा एक छात्रा (परीक्षार्थी) पक्राउ परेकी छन् । 

सिरहाको गोलबजारस्थित रहेको जनता माध्यमिक विद्यालय (प्राबिधिक) परीक्ष केन्द्रबाट मोबाईल मार्फत प्रश्नपत्र आउट गर्ने छात्रालाई केन्द्राध्यक्षको निर्देशनमा नियन्त्रणमा लिइएको हो । 

सिरहाको रजै जनकलाल माविबाट परीक्षा दिरहेकी गुडु कुमारी सिँह नामक विद्यार्थीले सो केन्द्रबाट मोबाईल व्हाट्सएपबाट प्रश्नपत्र आउट गरेको प्रमाण फेला परेपछि उनलाई नियन्त्रणमा राखिएको हो ।

सो केन्द्रमा मोबाइल लिएर छिरेकी परीक्षार्थी सिँहले परीक्षाको क्रममा ९ः३० बजे प्रश्नपत्र आउट गरी परीक्षा अमर्यादित बनाएको भन्दै उनीमाथि कारवाही गरिएको हो । उनलाई यस बर्षको सबै परीक्षा रद्द गरिएको छ । 

एसईई परीक्षा निर्देशिका बमोजिम उनलाई कारवाही गरिएको केन्द्राध्यक्ष भरत प्रसाद साहले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको हो । 

यद्यपी, केन्द्राध्यक्ष भरत प्रसाद साहकै मिलोमत्तोमा मोबाईल भित्र छिराइएको बुझिएको छ । परीक्षार्थीहरुलाई प्रवेश द्धारमै चेकजाँच कडाई गरिएको बेला मोबाइल छिराउनु व्यवस्थापन पक्षको कमजोरी भने अझै स्वीकार गरिएको छैनन् । 

विभिन्न नीजि विद्यालयहरुले केन्द्राध्यक्षलाई मोटो रकम दिएर केन्द्रमा चिट चोरीको वातावरण मिलाउँदै आएको नजीर छ । 

 

 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

बिनयले श्रीमति रुबिनालाई अन्तिम मेसेज गरेका थिए– 'यीनीहरु मलाई जबरदस्ती रोकेको छ, तर म आउँछु नै'

  • २०८० चैत १६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवले आफ्नी श्रीमति रुबिना अधिकारीलाई अन्तिम मेसेजमा अन्तिममा आफू जसरी पनि घर आउने भ्वाईस मेसेज गरेका थिए । सो

पूरा पढ्नुहोस्

Bureau Menus