सिरहामा एक नक्कली एसईई परीक्षार्थी सहित ११ जना कारबाहीमा, केन्द्रबाट १२१ मोबाईल बरामद

२०८० चैत १६ शुक्रबार
बेलुकी ५:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा। सिरहाको विभिन्न एसईई परीक्षा  केन्द्रबाट एक नक्कली परीक्षार्थी सहित अन्य ११ जना परीक्षार्थीहरु कारबाहीमा परेका छन् ।, भने १ सय २१ थान मोबाईल बरामदा गरिएको  छ ।

एसईई परीक्षा  समन्वय समितिका संयोजक  प्रमुख  जिल्ला अधिकारी बासुदेव दहालका अनुसार सिरहाको विभिन्न परीक्षा केन्द्र अनुगमन गर्ने क्रममा अमर्यादित तवरले परीक्षा दिईरहेको अवस्थाबाट तत्काल नियन्त्रणमा लीई कानूनी कारबाही थालेको जानकारी दिए।

 उनका अनुसार एक नक्कली सहित तीन परीक्षार्थीलाई तत्काल नियन्त्रणमा लिएको बताए । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ स्थित शारदा माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीको अर्जुन महरालाई नियन्त्रणमा लिएको  हो। 

उनले अर्का परीक्षार्थीको ठाउँमा प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी परीक्षा दिइरहेको अवस्थाबाट नियन्त्रणमा लिएको हो , अर्का परीक्षार्थीले भने मोबाईल फोन प्रयोग गरी  वाट्सएप मेसेज मार्फ़त प्रश्न पत्र लिक गरेको अवस्थाबाट  सिरहाकै गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित जनता माध्यमिक विद्यालयबाट एक छात्रालाई नियन्त्रणमा लिएको हो। 

त्यसै गरी बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ स्थित जनता माध्यमिक झिजौलबाट प्रश्न पत्र लिक गरेकै अवस्थाबाट नियन्त्रणमा लिएको र अन्य ८ जना परीक्षार्थीलाई अमर्यादित तवरले परीक्षा दिईरहेको अवस्थामा तत्काल केन्द्रबाट निष्कासन गरिएको र कल्याणपुर नगरपालिकाका लमज माध्यमिक विद्यालय बनिनियाको परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरिक्षकलाई (गार्ड) तत्काल जिम्मेवारीबाट  हटाईएको जानकारी गराए। 

सिरहामा झण्डै ११ हजार परीक्षार्थी सहभागी  

जिल्लामा कुल १ सय ७७ विद्यालयका १० हजार ९ सय २३ जना एसईईका परीक्षार्थीहरु परीक्षामा सहभागी रहेको ४३  परीक्षा केन्द्रमा ६ सय २ जना सुरक्षाकर्मी तैनाथ गरिएको  छ। जस मध्ये सशस्त्र प्रहरी बलका ३ सय एक जना सशस्त्र सुरक्षाकर्मी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार झण्डै ११ हजार परीक्षार्थीको उज्वल भविष्यका लागि र एसईई परीक्षा मर्यादित बनाउन आफु सुरक्षाकर्मीहरु तत्पर रहने बताए। परीक्षा जस्तो संवेदनशील विषयमा खलल पर्याउने कुनै पनि तत्वलाई तत्वलाई कानूनी कारबाहीको दायरामा ल्याउने गरी सुरक्षा सुव्यवस्था मिलाएको बताए ।नियन्त्रणमा लिएकाहरु उपर शिक्षा ऐन २०२८ मा व्यवस्था भए अनुसार थप अनुसन्धान भैरेहको बताए।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८० चैत १६ शुक्रबार

Bureau Menus