लव जिहादः नाम र धर्म लुकाएर यौन शोषण, युवतिलाई बच्चा भएपछि असरफ अली फरार 

२०८० चैत २५ आइतबार
रति ९:५७ बजे
न्यूज ब्यूरो, डेस्क

अभिमन्यू पटेल, रौतहट । रौतहटमा नाम र धर्मलाई कुलाएर प्रेमजालमा फँसाउँदै बच्चा भएपछि एक युवक फरार भएको आरोप लगाइएको छ । 

जिल्लाको यमुनामाई गाउँपालिका वडा नं ४ बस्ने मोहन साह भन्ने मो. असरफ अलिले सर्लाहीको एक युवतीलाई विभिन्न प्रलोभनमा पारी हिन्दु नामले विगत ३ बर्षदेखि शारीरिक शोषण गर्दै आएको बताइएको छ ।  अहिले बिहेको कुरा चलेपछि मोहन साह नाम फर्जी रहेको पीडित युवतीले न्यायको खोजि गर्न थालेकी छिन् ।

पीडित युवतीले मोहन साह भन्ने मो।असरफ अलिलाई विवाह गर्न दबाब दिन थालेपछि अलिले युवतीलाई गौर नपा वडा नं २ नेपाल विधुत प्राधिकरणको छेउमा एक घर भित्र कोठा भाडामा लिएर ३ महिनादेखि राख्दै आएको उनले बताएकी छिन् । 

“हामीले अब एकअर्कालाई स्वीकार सबै कुरामा गरिसके भने तपाई आफ्नो आमाबुबासँग भेट गराउनु अनि बिहे गर्न कुरा अगाडि बढाउनु भने दबाब दिन थालेपछि युवतीलाई थरिथरिका एतना, कष्ट र अन्य साथीहरूसँग गौरमै शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेपछि मोहन साह भन्ने मो.असरफ अलिले पैसा र पहुँचको धाक लगाउँदैछ ।” उनले भनिन,– जहाँ गएपनि केही हुने वाला छैन भन्दै आफ्नो नाम समेत गलत बताएर झन् शारीरिक शोषण गर्न थालेकोले पीडित युवतीले न्यायको खोजी गर्दै अहिले दिनरात जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाइरहेकी छिन ।

पीडित युवतीले मोहन साह भन्ने मो.असरफ अलिको प्रेम प्रभावमा परि अहिले ३ महिनाको बच्चा समेत आफ्नो पेटमा पाल्दै आएको उनले बताएकी छिन् ।

  • 46%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 3%

बच्चा खेलाउँदै बाँदर

  • २०८० चैत २५ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus