
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार यादवको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो ।
जनमत पार्टी, लोसपा बाहिरिएपनि अन्य सपोर्टिँग दलले मत दिएपछि उनले विश्वासको मत पाउन सफल भएको हो ।
- २०८१ बैशाख ४ मंगलबार