राम नवमीको शोभायात्रामा मुस्लिम समुदायको अवरोध, दर्जनौ राउण्ड आश्रुग्यास प्रहार, ५ प्रहरी घाईते

२०८१ बैशाख ५ बुधबार
बेलुकी ६:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित रामनवमीको शोभायात्रामा मुस्लिम समुदायका केही व्यक्तिहरुले अवरोध गरेपछि प्रहरीले दर्जनौँ राउण्ड आश्रुग्यास प्रहार गरेको छ । 

रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ सस्थाले निकालेको धार्मिक ¥यालीमा अवरोध भएपछि झडपको स्थिती सिर्जन हुन नदिनको लागी प्रहरीले अशु्र ग्यास प्रयोग भएको हो । 

विराटनगर महानगरपालिका वडा नम्बर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

विराटनगर रानी १५ र १७ विचको सिमानामा मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जन हुन लागेको थियो ।

घटनलाई साम्य बनाउनको लागी मोरङ प्रहरीले हवाई फायर गरी आदा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो ।

मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जन हुन लागेपछि मोरङ प्रहरीले हवाई फायर गरी आदा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो । थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यलय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रमा भएको तनावग्रस्त केही समान्य भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई लिएर तनाव भएपछि उनीहरुबीच झडप भएको थियो ।

अहिले स्थिति समान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपमा ५ जना प्रहरी समेत घाइते भएका छन् । भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याससमेत प्रहार गरिएको छ । भने, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

  • 0%
  • 1%
  • 0%
  • 0%
  • 0%
  • 66%

Bureau Menus