रामनवमीमा कालिकामाई युवा समाजले बाँडे निःशुल्क भोजन

२०८१ बैशाख ६ बिहीबार
बिहान ०७:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लास्थित कालिकामाई गाउँपालिका अन्तर्गत रहेको कालिकामाई मन्दिरमा आयोजन गरिएको रामनवमी मेलामा सयौँ दर्शालुलाई सेवा गरिएको छ । 

स्थानीय कालिकामाई युवा समाजले मेला भर्न आएका भक्तजनहरुलाई खाजा पानीले सेवा सत्कार गरेको हो । प्रत्येक बर्ष लाग्दै आएको भव्य मेलामा मेला भर्न आएका हजारौँ श्रद्धालुलाई कालिकामाई युवा समाजले चिसो पानीको साथै निःशुल्क खाजा समेत खुवाएको हो । 

समाजले एक शिविरको आयोजना गरी निःशुल्क भोजनसहित निःशुल्क स्वास्थ्य चेकजाँच समेत गरेको हो । सो क्रममा निःशुल्क औषधी समेत वितरण गरिएको कालिकामाई युवा समाजका कोषाध्यक्ष बुलेट तिवारीले जनाए ।

कालिकामाई युवा समाज सुरुवाती दिन देखि नै अग्र पङ्तीमा रहेर सामाजिक कार्य गर्दै आएको कोषाध्यक्ष तिवारीले बताए । उनले मेला भर्न आएका भक्तजनहरूको स्वास्थ्यको मध्यनजर गर्दै निःशुल्क खाजा, पानी तथा स्वास्थ्य शिविर आयोजना गरेको थियो । 

संस्थाका महासचिव विशाल कुशवाहाले शिविरमा विशेष सहयोग गरेको जनाइएको छ । स्वास्थ्य शिविरको लागि औषधि उपलब्ध पालिकाको स्वास्थ्य शाखाले गरेको युवा समाजको अध्यक्ष आकाश चौरसियाले जानकारी दिए ।

कार्यक्रममा कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसिया,वरिष्ट उपाध्यक्ष आकाश महतो केवट,उपाध्यक्ष भरत साह तेली,महा सचिव विशाल कुशवाहाले, सचिव विकाश पटेल, कोषाध्यक्ष बुलेट तिवारी,सदस्यहरु चन्द्रशेखर पटेल,राकेश सर्राफ,सुदिप चौरसिया,दिपेन्द्र गुप्ता, रमेश चौरसिया, मोहन कुशवाहा,अनिश कलवार,विवेक कुशवाहा लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिकामा विहिबारदेखि किशोरीहरुलाई एचपिभी खोप लगाइदै 

  • २०८१ बैशाख ६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाभित्रका किशोरीहरुलाई विहिबार फागुन १ गतेदेखि एचपिभी खोप लगाईने भएको छ ।  कमला नगरपालिका अभियानको दोस्रो चरणमा परेकोले फागुन १ गते विहिबारदेखि फागुन ६

पूरा पढ्नुहोस्

Bureau Menus