पत्रकार यादवको मृत्यू प्रकरणमा जाहेरी दर्ता गर्न प्रहरीको आनाकानी, पत्रकार महासंघको धनुषाको दबाब

२०८१ बैशाख २३ आइतबार
रति ८:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूजब्यूरोका कार्यकारी सम्पादक एवम् रेडियो धनुषाधामका सँचालक समेत रहेका स्वर्गीय पत्रकार विनय कुमारको प्रकरणमा धनुषा प्रहरीले अझै जाहेरी दर्ता गर्न मानेका छैनन् । 

गत बुधबार नै जाहेरी दर्ता गराउनको लागि विनयको परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा गएपनि अहिलेसम्म जाहेरी दर्ता नगरिदिएको परिवारजनले आरोप लगाएका छन् । जाहेरी दिएको समेत एक साता हुन लाग्दा पनि अझै जाहेरी दर्ता नगरिदिँदा प्रहरीले थप पीडा दिएको गुनासो परिवारजनको छ । 

विभिन्न समयमा विभिन्न संघसँस्था, पत्रकारहरुको सँस्थाहरुले जाहेरी दर्ताको लागि दबाब दिएपनि धनुषा प्रहरीले पत्रकार विनय कुमार यादवको मृत्यू प्रकरणमा चढाएको जाहेरी दर्ता नगरिदिएको हो ।

बुधबार दिउँसो जनकपुरका पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर कर्तव्य ज्यानको मुद्दामा जाहेरी दिएपनि जाहेरी दर्ता गरिदिएको छैनन् । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाका वरिष्ठ सई सिकेन्द्र कुमार कामतले परिवारजनबाट जाहेरी बुझेपनि अहिलेसम्म दर्ता गरिदिएको छैनन् । 

प्रहरीले जाहेरी लिएको स्वीकार गर्दै अनुसन्धान गरिरहेको र अनुसन्धानपछि जाहेरी दर्ता नगर्ने मुडमा रहेको देखिएको हो । दिइएको किटाणी जाहेरी अनुसार अझै आरोपितहरु समेत पक्राउ गर्न सकेका छैनन् । यसले प्रहरीप्रतिको शंका उब्जाएको हो । परिवारजनका अनुसार, धनुषा प्रहरी राजनीतिक दलको दबाबमा रहेको जस्तो महसुस भएको सुनाए । 

मृतक पत्रकार विनय कुमार यादवकी आमा कान्ती देवी यादवले दिएको जाहेरी दिएको पाँच दिन वितिसक्दा समेत दर्ता गरिएको छैनन् । यसको लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले सबै पक्षबाट अनुसन्धान जारी रहेको बताए । 

नेपाल पत्रकार महासंघ धनुषा शाखाले आईतबार प्रहरी प्रमुख तिवारीसँग भेटघाट गर्दै जाहेरी दर्ताको लागि दबाब दिएको हो । महासंघकी अध्यक्ष मनिका झाको अगुवाईमा गएको महासंघको पदाधिकारीहरुको टोलीले एसपी तिवारीलाई पत्रकार यादवको घटना शंकास्पद देखिएकोले सुक्ष्म अनुसन्धानको माग गरेको हो । 

बाहिरबाट समेत टोली मगाएर धनुषा प्रहरीले छानबिन सुरु गरेको दाबी गरेको छ । यद्यपी, जाहेरी दर्ता भने नगरिदिँदा परिवारजनलाई थप पीडा भएको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 18%
  • 82%

सिरहा गोलबजार प्रहरीका अघोषित घुमुवा सँतोष कटुवाल छानबिनमा

  • २०८१ बैशाख २३ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय गोलबजारका घुमुवा भनिएका सँतोष कटुवाल प्रहरी विभागको छानबिनमा परेका छन् ।  विगत ११ बर्षदेखि ईलाका प्रहरी कार्यालय गोलबजारमै अड्डा जमाएर बसेका अघोषित घुमुवा

पूरा पढ्नुहोस्

Bureau Menus