न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा भएको तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी विराटनगरले कब्जा गरेकोछ ।
तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उपाधीका लागि बुधवार भएको फाइनल खेलमा महोत्तरीको बेलखांडी र मोरंगको विराटनगर स्पोर्टस क्लवबीच कडा प्रतिस्पर्धाबीच विराटनगरले जीत हाँसिल गर्न सफल भएका हुन् ।
खेलमा निर्धारित समय भित्र कुनै टिमले गोल गर्न नसकेको र बराबरीमा खेल सम्पन्न भएपसिछ पेलान्टी शुटमा विराटनगर १ गोलले जित हात पार्दै उपाधी जितेको छ । यता महोत्तरीको बेलखांडीले दोसर स्थानमा चित बुझाएको छ ।
जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित पर्साहा फुटबल मैदानमा भएको फाइनल खेल हेर्नको लागि हजारौ खेलप्रेमी र दर्शकहरुको उपस्थित रहेको थियो ।
सो टुर्नामेन्टमा प्रथम भएको विराटनगरलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख (१,००,०००) रुपैयाँ पुरस्कार प्रदान गरिएको छ भने दोस्रो भएको महोत्तरीका बेखांडीलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिएको सह आयोजक महावीर स्पोर्टस क्लव खजुरीका सचिव सुनिल कुमार पासवानले जानकारी दिएका छन् ।
सो टुर्नामेन्छ जनकनन्दनी गाउँपालिकाले आयोजना गरेको थियो । खेल गत चैत्त १९ गतेदेखि सुरु भएको थियो ।
यता, फुटबल खेलको लागि देशमै नाम कमाएको खजुरीका खेलाडीहरुले टुर्नामेन्टको क्रममा कमजोर प्रदर्शन गरेको टिकाटिप्पणी पनि गरिएको छ ।
इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु
- २०७७ चैत २५ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय
पूरा पढ्नुहोस्