सिरहाः ५० हजारको महिना दिलाउने भन्दै दुई युवतिलाई बेच्न लैजाँदै गर्दा दुई महिला पक्राउ 

२०७८ भदौ २६ शनिबार
दिउसो ३:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

१६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका-३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढी माई नपा १, बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीले जनाएको छ । लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको थियो । 

उनीहरुलाई सीमा पार गरी बेच्नको लागि ठिक पारैकै बेला प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • 0%
  • 5%
  • 1%
  • 0%
  • 91%
  • 3%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७८ भदौ २६ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus