गैर–आवासीय मधेशी संघ साउदीद्धारा सिरहाका महरालाई उद्धार

२०७८ असोज ७ बिहीबार
बिहान १०:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सउदी । विदेशमा मधेशीहरुको छाता सँगठन गैर–आवासीय मधेशी सँघले प्रदेश नम्बर २ को सिरहाका एक पुरुषलाई उद्धार गरेको छ । 

बुधबार गैर आवासीय मधेशी संघ साउदी अरबियाको टीमले मधेशी युवा भागमनी महरालाई उद्धार गरेको हो । सिरहाको मिर्चैया नगरापलिका वडा नम्बर ४ बस्ने महरा रोज़गारीको सिलसिलामा साउदी गएको दिनदेखि नै विगत ९ महिनादेखि अलपत्र परेका थिए । 

वैदेशिक रोजागरीमा गएपछि कम्पनीमा काम नपाएर अलपत्र परेका महरालाई विशेष सूचनाको आधारमा उद्धार गरिएको हो । गैर आवासीय मधेशी संघ साउदी अरबियाको मीना कुबरी टीम ले  उद्धार गरेको बताईएको छ ।

डा.सिके राउत नेतृत्वको जनमत पार्टीको विदेशी एवम् भातृ संगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघले महरालाई सबै खर्च तिरेर नेपाल फर्काएको हो । यसअघि पनि सँघले कैयौँ जनालाई आफ्नो खर्चमा नेपाल फर्काएको हो । 

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७८ असोज ७ बिहीबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus