युवा सँघका उपाध्यक्ष झाले दिए पदबाट राजीनामा 

उनले अवसरवादी र सामन्तीहरू विरूद्ध निर्णायक संघर्ष जारी रहने पनि राजीनामामा जनाएका छन् ।

२०७८ असोज १२ मंगलबार
दिउसो १२:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  ‘जता खीर उतै भीर’ भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष संजीव कुमार सुरज झाले पदबाट राजीनामा दिएका छन् ।

पार्टीलाई विधि विधान विपरित संचालन गर्दा आन्दोलन नै संकटमा परेको आरोप लगाउँदै उपाध्यक्ष झाले पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले अवसरवादी र सामन्तीहरू विरूद्ध निर्णायक संघर्ष जारी रहने पनि राजीनामामा जनाएका छन् ।

उपाध्यक्ष झाले माओवादीबाट आएकाहरुलाई व्यवस्थापन गर्नुको साट्टा पाखा लगाउने काम भएको प्रति पनि असन्तुष्टि जनाएका छन् ।

तराई मधेश मा तत्कालिन केपी ओली नेतृत्व को सरकार ले गरेको एतीहासिक बिकास को काम , मधेश आन्दोलन को क्रममा लागेका मुद्दा हरु फिर्ता र नागरीकता सम्ब न्थी ल्याईएको अध्यादेश को कारण झन नेकपा (एमाले) मधेश मा लोकप्रीय भए आज एमाले प्रती सबै भन्दा बढी आकर्षण भएको राजीनामा पत्रमा उल्लेख गरेका छन ।

प्रदेश नम्बर २ का जनताहरु केपी ओलीलाई स्वागत गर्न आतुर रहेको भन्दै  केही साम्मन्ती प्रबिर्ती र जमिन्दारी प्रथाले प्रदेश २ मा पार्टी चलाउन खोज्नेसिङो पार्टी नै दाईजोमा लिएर आएको सम्पती ठान्ने काम गरेको गुनासो गरेका छन् । 

पार्टीको बिधी प्रकृया र बिधानलाई लत्याउदै मनपरी तन्त बाट पार्टी चलाउन थालेपछी अप्ठ्यारो र पिडा महसुस भएको उनले उल्लेख गरेका छन् । उनले पदबाट राजीनामा दिएपनि पार्टीबाट भने राजीनामा नदिएको बताएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७८ असोज १२ मंगलबार

Bureau Menus