अब आफूखुसी आफ्नो मृत्यू रोज्न पाउने

२०७८ कार्तिक २१ आइतबार
दिउसो ४:५९ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी । न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ। स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो।

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो। इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनुपर्ने पहिलो सर्त छ।

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकले इच्छा मृत्युका लागि फरक(फरक मापदण्ड बनाएका छन्।

  • 7%
  • 1%
  • 2%
  • 0%
  • 83%
  • 3%

आफ्नो मोबाईल चार्ज गर्दा यी कुरामा ध्यान दिनुहोस्, ब्याट्री चलिरहन्छ 

  • २०७८ कार्तिक २१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  तपाईंको स्मार्टफोनको ब्याट्रीको आयु सधैं एकनाशको हुँदैन । समयअनुसार यसको क्षमता घट्दै जान्छ । यसकारण ब्याट्री टिकाइराख्न राम्रो विधि जान्नैपर्छ । यसका लागि चार्ज गर्ने उत्तम उपाय

पूरा पढ्नुहोस्

Bureau Menus