बस र ट्याङ्कर जुध्दा १२ जनाको मृत्यू 

प्रहरीले ट्याङ्कर ट्रेलरका चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको खबरमा उल्लेख छ ।

२०७८ कार्तिक २४ बुधबार
दिउसो २:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी ।  भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ ।

बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो । 

घटनास्थलमै प्रहरी भएकाले छिटै उद्धार भए पनि केही मिनेटभित्रै १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० जनालाई भने प्रहरीले जीवितै उद्धार गरेको छ ।

बसलाई गलत दिशाबाट आएको ट्याङ्कर ट्रेलरले ठक्कर दिएको थियो । बच्न सफल एक यात्रुका अनुसार ट्याङ्कर ट्रेलरले ठक्कर दिएको केही मिनेटमै बस जलेर ध्वस्त भएको थियो ।

प्रहरीले ट्याङ्कर ट्रेलरका चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको खबरमा उल्लेख छ ।

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७८ कार्तिक २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus