न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले करिब २ कठ्ठा जमिनमा लगाएको लागु औषध गाँजा नष्ट गरेको छ । बुधबार प्रहरीले गाँजाको बोटहरु नष्ट गरेको हो ।
सिरहाको लहान नगरपालिका वडा नम्बर १६ स्थित सार्वजनिक जग्गाको करिब २ कठ्ठामा लगाएको गाँजा ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बलको सँयुक्त टोलीले नष्ट गरेको हो ।
गाँजाको बगान बस्ती नजिकै भएको सूचनाको आधारमा सशस्त्र प्रहरी र जनपद प्रहरीको सँयुक्त टोलीले हजारौँ बोट नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहाल र सशस्त्र प्रहरीका डिएसपी सुशिल श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले गाँजा फडानी गरिदिएको हो ।
नेपालमा प्रतिबन्ध गरिएको लागू औषध गाँजा सार्वजनिक जग्गामै लगाएको सूचना पाएपछि डिएसपी दाहालले सशस्त्र प्रहरीसँग समन्वय गरी नष्ट गरेको हो ।
निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य
- २०७८ मङ्सिर ८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार
पूरा पढ्नुहोस्