खजुरीमा जारी फुटबल म्याचको सेमिफाईनलमा सशस्त्र प्रहरी बर्दिवास विजयी, फाईनल खेल ३ गते हुने 

२०७८ चैत १ मंगलबार
रति ८:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा जारी चौथो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा सशस्त्र प्रहरी (एपिएफ) बर्दिवासले जीत हाँसिल गर्दै फाईनलमा प्रवेश गरेको छ । 

मँगलबार वीरगँज टिम र एपिएफ बर्दिवासबीच भएको सेमिफाईनल खेलमा वीरगँजलाई ६–५ गोलान्तरले पराजित गर्दै फाईनमा प्रवेश गर्न सफल भएको छ । 

दुवै टिमबीच मँगलबार भएको घमासान प्रतियोगितामा समयमा कुनै टिमले गोल गर्न नसकेपछि पेनाल्टी प्रणालीबाट एपिएफले ६ गोल र वीरगँज टिमले ५ गोल गरेको थियो । 

फागुन २ गते अर्थात भोली बुधबार नै हुने भनिएको फाईन खेल प्राविधिक कारण देखाउँदै गाउँपालिकाले फागुन २ गतेलाई सारेर फागुन ३ गतेको लागि निर्णय गरेको हो । 

फाईनल खेलमा एपिएफ बर्दिवास र सिरहाको सल्हेश क्लबको भीडन्त हुने आयोजक जनकनन्दिनी गाउँपालिकाको प्रशासन प्रमुख राम नरेश ठाकुरले जानकारी दिए । 

अन्तिम खेल फागुन ३ गते विहिबारको दिन दिउँसो २ बजेदेखि नै सुरु भई चाँडै समाप्त हुने उनले बताए । फाईनल खेलमा घमासान हुने भएकोले दर्शकहरुलाई मोटो सँख्यामा उपस्थितिको लागि अनुरोध गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७८ चैत १ मंगलबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus