मन्त्री नबनाउँदा गाली गलौज, यादवलाई मन्त्री बनाइदिएपछि चाँदीको छत्ता 

२०७९ असार ३० बिहीबार
रति ८:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाउँदा पार्टीकै अध्यक्ष विरुद्ध आन्दोलन र गालीगलौज गरेका यादवले मन्त्री पद पाउँदा चाँदीको छाता उपहार दिएका छन् । 

पार्टी अध्यक्षलाई गाली गलौज तथा वीरगँजका युवाहरुलाई उक्साएर काठमान्डौँको बालकुमारीमा रहेको पार्टी कार्यालयसम्म आन्दोलन गरेका प्रदीप यादवले मन्त्री पद पाउने वित्तिकै चाँदीको छात्ता प्रदान गरेका छन् । 

मन्त्री नबनाएको झोँकमा आक्रोसित प्रदीप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादव विरुद्ध नारावाजी, गाली गलौच, आन्दोलन, मशाल जुलुस गराएपछि उनी कारवाहीमा समेत परेका थिए । यसपाली मन्त्री बनाउँदा सोही अध्यक्षलाई चाँदीको छात्ता दिएका छन् । 

नेपाल सरकारको वन तथा वातावरण मन्त्री नियूक्त गरेकोमा जनता समाजवादी पार्टी नेपाल (जसपा( का  अध्यक्ष उपेन्द्र यादवलाई पर्सा जिल्लाका कार्यकर्ताले धन्यवाद स्वरूप चाँदीको छाता दिएर सम्मानित गरेका छन् ।

सांसद् प्रदीप यादवले पर्सा जिल्ला र समग्र देशको लागि पुर्याएको योगदानलाई कदर गर्दै उनलाई मन्त्री नियूक्त गरिदिएकोमा जसपा पर्साको एउटा कार्यकर्ता टोलीले अध्यक्ष उपेन्द्र यादवलाई धन्यवाद स्वरूप १ किलोको चाँदीको झण्डा प्रदान गरेर सम्मानित गरेका हुन् ।

वीरगञ्जमा चलिरहेको जसपा केन्द्रीय समितिको बैठकको दोस्रो दिन नगरसभा गृह (टाउन हल) पुगेका कार्यकर्ताको टोलीले मञ्चमै पुगेर अध्यक्ष यादवलाई चाँदीको छात्ता (झण्डा) हस्तान्तरण गरेका छन् । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७९ असार ३० बिहीबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus