
न्यूज ब्यूरो, जनकपुरधाम । यूएईमा जारी एसिया कप टी–२० क्रिकेटमा भारतले चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो।
भारतका हार्दिक पाण्डेयले १७ बलमा ४ चौका र एक छक्कासहित अविजित ३३ रन जोडे । पूर्व कप्तान विराट कोहली र रविन्द्र जडेजाले समान ३५ रन बनाए । सूर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए । दिनेश कार्तिक एक रनमा अविजित रहे ।
पाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिँदा नासीम शाहले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४३ रन बनाए । इफ्तिखर अहमदले २८ र हरिस राउफले अविजित १३ रन जोडे । कप्तान बाबर आजम, फखर जमान र शादब खानले समान १० रन जोडे।
भारतका भुवनेश्वरले ४ बलमा २६ रन दिएर ४ विकेट लिए । हार्दिक पाण्डेयले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिए। अर्शदीप सिंहले दुई तथा आभाष खानले एक विकेट लिए।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०७९ भदौ १३ सोमबार