जनकपुरः प्रहरी र बन्दुकधारी ग्याँगबीच गोली हानाहान 

२०७९ भदौ २८ मंगलबार
रति ८:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।

सोमबार राति ११ः४० बजेको समयमा पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरूले फायर गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरिएको छ ।

 पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । 

पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको उनले बताए ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


  • 0%
  • 1%
  • 0%
  • 89%
  • 0%
  • 5%

चौठचन पर्बलाई  संरक्षण तथा सम्बर्धन गरौ

  • २०७९ भदौ २८ मंगलबार
  • सुर्य नारायण चौधरी 

नेपालको तराई क्षेत्रमा मनाइने बिभिन्न पर्बहरु मध्य चौठचन पर्ब धार्मिक ,सामाजिक र स्वास्थ्यको द्रिष्टिकोण बिशेष महत्व बोकेको पर्ब मानिन्छ / चौठचन पर्बलाई  राष्टियपर्बको  रुपमा संरक्षण तथा सम्बर्धन  हामी सबैको दायीत्व

पूरा पढ्नुहोस्

Bureau Menus