महिनाथपुर बोर्डरमा ईन्सपेक्टर पाण्डेको सर्च अपरेशन, भारी मात्रामा ड्रग्ससहित दुई जना पक्राउ

२०७९ असोज ७ शुक्रबार
रति ९:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको महिनाथपुर बोर्डरबाट गरिएको सर्च अपरेशनबाट भारी मात्रामा लागुऔषध बरामद गरिएको छ । 

सशस्त्र प्रहरीको महिनाथपुरस्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरबाट बिओपी ईन्चार्ज गणेश पाण्डेको कमाण्डको टोलीले सो लागुऔषध बरामद गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको डिस्कोभर मोटरसाईकललाई चेकजाँचको क्रममा भारी मात्रामा लागुऔषध बरामद भएको बिओपी महिनाथपुरका ईन्सपेक्टर पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार, मोटरसाईकललाई शँका लागेर चेकजाँच गर्दा गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदार बस्ने बर्ष १८ को सँतोष यादवले बोकेको सेतो झोलाभित्र NITRAZEPAM TABLETS IP (NITRAVAT-10)२० पत्ता (प्रति पत्ता ३० वटाका दरले ६०० वटा ट्याब्लेट), NITROSUNT-10५पत्ता (प्रति पत्ता १० वटाका दरले ५० वटा ट्याब्लेट), SPASMO-PROXYVON PLUS १२ पत्ता (प्रति पत्ता २४ वटाका दरले २८८ वटा क्याप्सुल)  र Exiplon 100 ml.१९ बोत्तल(प्रति बोतल 100 ml. का दरले 1900 ml.)  बरामद भएको हो । 

यादवको साथै धनुषाधाम नगरपालिका वडा नं. ९ बस्ने बर्ष २१ को महबुद खानलाई समेत पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाएको ईन्सपेक्टर पाण्डेले जानकारी दिए । 

उनीहरुको साथबाट दुई थान मोबाईल, एक थान डिस्कभर मोटरसाईकललाई समेत नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय खजुरी पठाएको जनाइएको छ । 

सो नाकाको बिओपी ईन्चार्जमा ईन्सपेक्टर पाण्डेले कडा निगरानी थालेका छन् । चाडपर्वको समयमा सीमा पारीबाट आउने सवारी र सीमा पारीसम्म जाने सवारी चेकजाँचमा समेत कडाई गरिएको छ । 
 

  • 57%
  • 43%
  • 0%
  • 0%
  • 0%
  • 0%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७९ असोज ७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus