हजारौँको जाली नोट लिएर एक महिलासहित आधा दर्जन युवक पक्राउ 

२०७९ कार्तिक २६ शनिबार
बिहान ०८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले नक्कली नोट बनाउने गिरोहको पत्ता लगाई कारवाही गर्दा नक्कली नोट, अबैध हतियार सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

रौतहटको मौलापुर नगरपालिका वडा नम्वर ८ सोनरनियाँमा नक्कली नेपाली नोटको कारोबार भईरहेको प्राप्त सुचना अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा वडा नम्वर ७ राजामार साहको घरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ८७ हजार नेपाली हजारको नक्कली नोट बरामद भएको हो ।

सोही घरमा एक थान अबैध पेस्तोल बरामद भएको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले एक हजारको ८७ थान नेपाली नक्कली नोट सहित चार जना बारा र २ जना रौतहटको सहित ६ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका वडा नम्वर ६ का २५ बर्षिय सोनु भन्ने आनन्द कुशवाहा, ४५ बर्षिया प्रतिमा देवी कुशवाहा, २२ बर्षिया अमृता कुमारी, १९ बर्षिय वृज किशोर मुखिया रौतहट जिल्ला मौलापुर नपा ७ का २३ बर्षिय राजाराम साह र देवाही गोनाही ६ का २० बर्षिय धिरजप्रसाद जयसवाललाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता मल्लले बताए ।

ना ३३ प २४५१ र ना ३ प १६८१ नम्वरको दुई मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिदै डिएसपी मल्लले नक्कली नोट र मानिस नियन्त्रणमा लिन खोज्दा त्यहाँ रहेका केही उपद्रवीहरुले सुरक्षाकर्मीहरु माथि ढुंगा मुढा गर्न थालेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको बताए । ढुंगामुढाबाट २ जना म्यादी सहित ६ जना प्रहरी सामान्य घाईते भएको उनले भने ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७९ कार्तिक २६ शनिबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus