
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीसँगै अन्य तीनजना बिना विभागिय मन्त्रीले समेत सपथ लिएका छन् ।
जसपाबाट मुख्यमन्त्री यादवसहित जसपाकै एक मन्त्रीमा सर्लाहीका सँजय कुमार यादव, एमालेका सरोज यादव र जनमत पार्टीका ईन्जिनीयर बसन्त कुश्वाहाले सपथ लिएका छन् ।
मुख्यमन्त्री यादवले भोजपुरी भाषामा सपथ लिए भने जनमतका ईन्जिनीयर बसन्त कुश्वाहाले मधेशी भाषामा सपथ लिएका छन् । यद्यपी, तीनै जना कुन विभाग कुन मन्त्रालयको मन्त्री हो भनेर स्पष्ट भएको छैनन् ।
तीनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
भौतिक पूर्वाधार मन्त्री यादवले सम्हाले मन्त्रालय
- २०७९ पौष २९ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । उनले पहिलो कामको रुपमा यातायात कार्यालयमा
पूरा पढ्नुहोस्