
न्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरेर शारीरिक सम्बन्ध राखेका थिए । त्यसपछि अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दु:ख, हैरानी दिएकाे प्रहरीकाे भनाइ छ ।
समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेकाले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी माथी विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
रक्सीले मातेर सवारी चेकजाँच गरेका प्रहरी राय निलम्बित, युवकहरु पनि पक्राउ
- २०७९ माघ १६ सोमबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् । शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई
पूरा पढ्नुहोस्