खेलले स्वास्थ्य मात्र होइन, भावनालाई पनि जोड्छ : गाँपा अध्यक्ष यादव 

२०७९ फाल्गुण १ सोमबार
बेलुकी ७:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले खेलबाट स्वास्थ्य मात्र नभई भावनालाई समेत जोडिने भएको बताएका छन् । 

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा महावीर स्पोर्टस क्लबको समन्वयमा आज (सोमबार) देखि सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटलब टुर्नामेन्टको उदघाटन कार्यक्रममा बोल्दै अध्ययक्ष यादवले खेललाई मूर्तरुप दिने खेलाडीहरु पनि स्थानीय सरकारको मेरुदण्ड भएको बताए । 

खेलाडीहरुले ठाउँको पहिचान भएको भन्दै उनले आफ्नो टिमसहित ठाउँको नाम उच्च पार्न शुभकामना पनि दिए । वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादवको अध्यक्षता तथा गाँपा अध्यक्ष यादवको प्रमुख आतिथ्यमा भएको उदघाटनको क्रममा यादवले फुटबलमा हाई सट हान्दै उदघाटन गरेका थिए । 

उदघाटन खेलामा भएको खजुरी र सीतापुरबीचको खेलको क्रममा अध्यक्ष यादवले खेलाडीहरुलाई प्रोत्साहन भाषण दिएका थिए । उनले जनकनन्दिनीको नाम उच्च पार्न भन्दै प्रोत्साहन गरेका थिए । खेल्न आएका अन्य टिमलाई समेत आफ्नो पहिचान उच्च पार्न उनले मनोबल बढाएका थिए । 

उदघाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगल, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, प्रत्यासी गाँपा अध्यक्ष सुदेश चौधरीसहित गाउँपालिकाका कर्मचारी, खेलाडी, पूर्व खेलाडीहरु विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए । 

उदघाटन खेलमा खजुरी २–० ले विजयी 
सोमबारदेखि खजुरीको परसाहा फिल्डमा सुरु भएको फुटबल टुर्नामेन्टको  उदघाटन खेलमा आयोजक भनिएको खजुरी टिम र धनुषाको सीतापुर टिमबीच भएको खेलमा खजुरीले जित हात पारेको छ । 

९० मिनेटको खेलको क्रममा खजुरी टिमले २ गोल हानेपछि सीतापुरले शून्य गोलमै सीमित बसेपछि खजुरी विजयी भएको हो । भोलीको खेल भने धनुषाको महेन्द्रनगर र धारापानीबीच हुने आयोजक कमिटिका सुनिल पासवानले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बिनयले श्रीमति रुबिनालाई अन्तिम मेसेज गरेका थिए– 'यीनीहरु मलाई जबरदस्ती रोकेको छ, तर म आउँछु नै'

  • २०७९ फाल्गुण १ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवले आफ्नी श्रीमति रुबिना अधिकारीलाई अन्तिम मेसेजमा अन्तिममा आफू जसरी पनि घर आउने भ्वाईस मेसेज गरेका थिए । सो

पूरा पढ्नुहोस्

Bureau Menus