जनकनन्दिनी वडाध्यक्ष फुटबल कपको उपाधी धनुषाधामलाई 

२०७९ फाल्गुण ८ सोमबार
रति ८:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको दोस्रो वडाध्यक्ष फुटबल कपको उपाधी धनुषाधामले हात पारेका छन् । 

सोमबार भएको फाईनल खेलको क्रममा धनुषाको महेन्द्रनगर र धनुषाधामबीच घमासानपछि बराबरीमा टुगिँएको थियो । निश्चित समयमा धनुषाधाम र महेन्द्रनगरले १–१ गोल गरेपछि खेल बराबर भएको थियो । 

समयसीभाभित्र दुवै टिमले अतिरिक्त गोल गर्न नसकेपछि पेनाल्टि प्रणाली गरिएको थियो । पेनाल्टि प्रणालीमा धनुषाधाम १ गोलान्तरले विजयी भएको आयोजक समितिका सुनिल कुमार पासवानले जानकारी दिए । 

फागुन १ देखि सुरु भएको खेल सोमबार सम्पन्न भएको हो । विजेता टिमलाई ३१ हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको हो । 

वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले विजेता उपविजेताहरुलाई सम्मान समेत गरेका थिए । उनले आगामी दिनमा समेत खेलको निरन्तर आयोजना हुने बताए । 

समापन खेलमा गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास लगायत कर्मचारीहरु समेत सहभागीता जनाएका थिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७९ फाल्गुण ८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus