
न्यूज ब्यूरो, जनकपुरधाम । कराँतेका गुरु भनेर चिनिने जनकपुरधामका बीरेन्द्र कर्ण नेपाल कराँते महासँघ धनुषाका अध्यक्ष पदमा चयन भएका छन् ।
कराँते महासँघको जिल्ला कार्यसमिति धनुषाको गठन भएको तदर्थ समितिको अध्यक्षमा कर्णलाई चयन गरिएको हो । जनकपुरधाममा कर्णलाई “बीरेन्द्र गुरु” भनेर चिनिएको छ ।
धनुषाका करातेकर्मीको भेलाले जिल्लाका वरिष्ठ प्रशिक्षक तथा मधेस प्रदेश प्रमुख रामचन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न बैठकले कर्णको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अखिल मढी, उपाध्यक्षमा रामपुनित महतो, महासचिवमा सुभाषकुमार शर्मा र कोषाध्यक्षमा शिवशंकर यादव चयन भएका छन् ।
सदस्यमा इसराफुल राईन र राजकुमार साह तथा सल्लाहकारमा सुभाष पाठक रहेका अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै, प्रदेश प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०७९ फाल्गुण १७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्