सर्लाहीको बलरामा २० किलो गाँजासहित मोटरसाईकल पक्राउ

२०७९ चैत १६ बिहीबार
रति ८:४६ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको दक्षिणी पश्चिमी भूभागमा अवस्थित बलरा नगरपालिकाको सिमावर्ती क्षेत्रबाट प्रहरीले भारी परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

बलरा नगरपालिका वडा नं. १ हथिऔल स्थित भित्री सडकखण्डबाट ईलाका प्रहरी कार्यलय, बलराको गस्ती टोलिले अन्दाजी २० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

प्रहरी बरिष्ठ नायब निरिक्षक दिपक गुप्ताको कमाण्डमा खटिएको गस्ती टोलिले हथिऔल भित्री सडकखण्डमा चेकजाँज गर्ने क्रममा नेपालबाट भारत तर्फ जादै गरेको अन टेस्ट रातो रंगको अपाचे मोटरसाईलमाथि शंका लागी रोक्न खोज्दा चालक मोटरसाईकल छाडी फरार भएका थिए ।

मोटरसाईकल चेकजाँच गर्दा प्लास्टिकको बोरामा अन्दाजी उक्त परिणाम बराबरको गाँजा फेला परेका थिए ।

बरामद भएका लागुऔषध सहित मोटरसाईकललाई नियन्त्रणमा लिई कार्यलयमा ल्याएर राखेको र फरार चालकलाई खोजि कार्य भईरहेको ईलाका प्रहरी कार्यलय, बलराले जनाएको हो । 

सर्लाहीको बलरा नगरपालिकाको सिमावर्ती क्षेत्र स्थानीय राजनीतिक द्वन्द्व र खुल्ला सिमाना कारण समेत शान्ति सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल मानिन्छन । 

ईलाका प्रहरी कार्यलय, बलराका जिम्मेवारीमा दिपक गुप्ता आएसंगै स्थानिय स्तरमा शान्ति सुरक्षा, तस्करी तथा अपराध नियन्त्रणमा उल्लेखनिय कार्यहरु भएको स्थानियवासीहरु बताउँछन । 

उहाँले आफनो २ महिनाकै नेतुत्वमा दजनौं तस्करी भएको समान, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण, चोरी भएको मोबाईल तथा मोटरसाइकल  पक्राउ, अवैध हातहतियार पक्राउ गरी स्थानीय स्तरमा शान्ति सुरक्षा कायम र राजस्व चुहावट नियन्त्रणमा उत्कृष्ट कार्य गरेको प्रहरीकै तथ्यांकले समेत देखाउछ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७९ चैत १६ बिहीबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus