यूएईमा एक नेपालीले जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

२०८० बैशाख ६ बुधबार
बेलुकी ७:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । संयुक्त अरब ईमिरेट्स यूएईमा एक नेपालीलाई ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ ।

ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा परेको हो । जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ हुन्छ ।

२ वर्षअघिदेखि हरेक साता हुँदै आएको महजुज लक्की ड्रको १२४ औं संस्करणको मुख्य चिट्ठा पदमलाई परेको यूएईका अनलाइनले जनाएका छन् ।

चिठ्ठा पर्ने पदम २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा गाडी चलाउँदै आएका थिए । र उनले मासिक ५ हजार ७०० दिराम अर्थात २ लाख ५ हजार रुपैयाँ तलब पाउने गरेका थिए ।

महजुज राफल सुरुभए यता आफूले नियमित रुपमा चिठ्ठा किन्ने गरेको र यसअघि एक पटक ३५ र एक पटक ३५० दिराम चिठ्ठा परेको उनले बताए ।

श्रीमती र छोरीसँग सोधेर उनीहरुले भनेको अंकको चिठ्ठा किन्ने गरेको बताउने पदमले ७१ करोडको चिठ्ठा परेको जानकारी गराउँदा उनकी श्रीमतीले ठट्टा गरेको सम्झिइन् ।

‘मैले चिठ्ठा जितेको जानकारी गराउँदा श्रीमतीले ठट्टा गरेको भन्ठानिन्,’ पदमले यूएईको खालिजा टाइम्ससँग भनेका छन्, ‘जब मैंले सबै विवरण र प्रमाण दिएँ, त्यसपछि उनी निक्कै खुसी भइन् ।’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै 

  • २०८० बैशाख ६ बुधबार

एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२

पूरा पढ्नुहोस्

Bureau Menus