
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ठुलो सँख्यामा चोर पक्राउ गरेको छ । जिप्रका धनुषाले विगत एक साताको अन्तरालमै २७ जना चोरलाई पक्राउ गरेको हो ।
चोरसहित चोरीका सामानहरू पक्राउ गरेर आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक समेत गरेको छ ।
विगत केही समय यता जनकपुरधाम सहित जिल्लामा चोरीको घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष टोली परिचालन गरेर २७ जना चोरलाई चोरीका सामान सहित पक्राउ गरेर सार्वजनिक गरेको छ भने सबै जना माथि चोरी तथा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने काम भएको छ ।
पक्राउ पर्ने चोरहरूमा मोटरसाइकल देखि ब्याट्रीसम्मका चोरहरू रहेको र उनीहरुलाई एक साता भित्रमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनु भएको छ । पक्राउ परेका चोरहरूको उमेर १९ वर्ष देखि २५ वर्षसम्मको रहेको प्रहरीले जानकारी दिएको छ ।
यसले जनकपुरधाममा चोरको ठूलो समूह पक्राउ गर्नमा प्रहरी सफल भएको दाबी प्रहरीले गरेको छ । यसै गरि प्रहरीले दुई दर्जन चोरीका मोटरसाइकलहरू पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा चालु आर्थिक वर्षमा ९६ वटा चोरीको घटना दर्ता भएकोमा त्यस मध्ये ९७ जना पक्राउ गरेर कानून बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ ।
चोरीको मुद्दामा पक्राउ परेका तर पीडितले जाहेरी नदिएका ३३० जना माथि अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने काम भएको छ । यसै गरि अभद्र व्यवहार अन्तर्गत ४०० जनालाई पक्राउ गरेर मुद्दा चलाउने काम भएको छ । यसै गरि हालसम्म चोरी भएका ६९ वटा मोटरसाइकल पक्राउ गरेको छ ।
यसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
१० दिनपछि सर्लाहीको मलँगवामा लगाईएको कर्फ्यू हटयो, गृहमन्त्रीले सदभाव रैली निकाल्ने
- २०८० जेठ १० बुधबार
न्यूज ब्यूरो, सर्लाही । धार्मिक द्वन्द्वका कारण सर्लाहीको सदरमुकाम मलंगवामा केही दिनदेखि लगाइएको कर्फ्यु आइतबारदेखि पूर्णरुपमा हटेको छ । भगवान गणेशको मूर्ति विर्सजनको क्रममा मलंगवा नगरमा दुई समुदायबीच झडप भएको थियो
पूरा पढ्नुहोस्