
न्यूज ब्यूरो, जनकपुरधाम । मोटरसाईकल चोरी गरी भाग्दै गर्दा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बुधबार अपरान्ह करिब ६ बजेको समयमा जनकपुरको रेल्वे स्टेशन तरकारी बजारबाट मोटरसाईकल चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक बस्ने अजय सिँहको ज १ प ५८१४ नम्बरको प्यासन प्रो मोटरसाईकल तरकारी बजारबाट चोरी भएको खवर प्रहरीलाई प्राप्त भए लगत्तै प्रहरी सक्रिय भएको थियो ।
सादा पोशाकमा खटिएको बिशेष प्रहरी टोलीले उक्त मोटरसाईकल चोरी गरी भाग्दै गरेको अबस्थामा जिल्ला धनुषा जनकपुरधाम ३ बस्ने बर्ष ३६ को देबेन्द्र मण्डललाई मोटरसाईकलसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
काँग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान
- २०८० जेठ २४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर
पूरा पढ्नुहोस्