
न्यूज ब्यूरो, जनकपुरधाम । केन्द्र सरकारमा मन्त्री मण्डल फेरबदल भईरहेको बेला डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा आँखा लगाएको छ ।
मधेश प्रदेशमा बलियो पार्टीको रुपमा उदय भएको जनमत पार्टीले केन्द्र सरकारमा जानको लागि मधेशमा मुख्यमन्त्रीको अडान अझै छाडेका छैनन् । मधेश प्रदेशमा जनमत पार्टीकै मुख्यमन्त्री हुनुपर्ने बटमलाईन अघि सारेको हो ।
मधेशमा सरकार निर्माणका लागि निर्णायक रहेको जनमतले मुख्यमन्त्री नपाएसम्म सत्ता गठबन्धनमा नजाने जनाएको छ ।
सरकारमा जान जनमतको बटमलाइन मधेश मुख्यमन्त्री ‘मधेश मुख्यमन्त्री हाम्रो बटमलाइन हो । त्यो पक्का नभएसम्म सरकारमा जाँदैनौं,’ महासचिव चन्दन सिंहले भने ।
प्रतिनिधिसभामा ६ सिट रहेको जनमत र १२ सिट भएको जनता समाजवादीबीच मधेशमा चर्को संघर्ष हुँदै आएको छ । हाल जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । दुई दलबीच द्वन्द्व हुँदा केही समयअघि जनमत मधेश सरकारबाट बाहिरिएको थियो ।
मोनास्टिकका डाइरेक्टर सोनुको नेतृतवमा गुगल एजुकेटर ग्रुप (GEG) जनकपुरको शुभारम्भ
- २०८० फाल्गुण २३ बुधबार
न्यूज ब्यूरो, जनकपुधाम । गुगल एजुकेटर ग्रुप (GEG) जनकपुर को आधिकारिक शुभारम्भ मोनास्टिक स्कूल/कलेज मा सम्पन्न भएको छ । यो नेपालमा दोस्रो न्भ्न् अध्याय हो र यो पहलले शिक्षामा डिजिटल परिवर्तनको
पूरा पढ्नुहोस्